साना तथा मझौला व्यवसायीले अनुदानबारे जानकारी नै पाउँदैनन् : अनुश्का श्रेष्ठ
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले यथेष्ट जानकारीको अभावमा नागरिकले सरकारले उपलब्ध गराएको अवसर पनि उपयोग गर्नबाट वञ्चित हुनु परेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपालको अवसरको कमी नभएको तर सामान्य नागरिकले त्यसको जानकारी नपाउँदा समस्या हुने गरेको पनि स्पष्ट पारिन् ।
