SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

मानवअधिकार आयोगकाे प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसकाे माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसमा भएका सिफारिस कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक संस्था मात्र नभई अन्तर्राष्ट्रिय मानव अधिकार प्रणालीसँग पनि जोडिएको महत्त्वपूर्ण निकाय भएको बताए ।