SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

राप्रपाले भन्यो– ‘जनताले सत्तापक्षको लाचारी र मौनताको पनि मूल्याङ्कन गर्नेछन्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति संसद्मा कडा आपत्ति जनाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली ले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको विषयमा प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको आरोप लगाइन् ।