सरकारलाई एमाले सांसद बरालको प्रश्न : सुकुमबासीले बाँच्न पाउने कि नपाउने ?
काठमाडौं । नेकपा (एमाले) की सांसद यशुदाकुमारी बरालले सरकारले सुकुमबासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले सुकुमबासीलाई नगद रकम थमाएर सडकमा धकेल्ने कार्य मानवअधिकारविपरीत भएको भन्दै सरकारलाई गम्भीर प्रश्न गरिन् ।
