SHARE
कालिका खबर · बिहीबार २५ असार २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

‘ठमेलको विकास नै व्यवसायीको समृद्धिको आधार हो’ : रमेश थापा

काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट रमेश थापा तृतीय उपाध्यक्ष  पदका उम्मेदवार बनेका छन्। पर्यटन तथा व्यवसायिक क्षेत्रको अनुभवलाई संस्थागत विकाससँग जोड्दै व्यवसायीको साझा हितका लागि काम गर्ने प्रतिबद्धतासहित उनले उम्मेदवारी दिएका हुन्। रमेश थापाले ठमेल नेपालको प्रमुख पर्यटकीय केन्द्र भएकाले यहाँका व्यवसायीका समस्या समाधान, पर्यटन प्रवर्द्धन तथा व्यवसायमैत्री वातावरण निर्माणमा परिषद्को भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए। परिषद्लाई सबै व्यवसायीको साझा संस्था बनाउँदै आपसी सहकार्य, विश्वास र एकतालाई थप मजबुत बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।