SHARE
लोक पथ · बिहीबार २५ असार २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

सुनको मूल्यमा लगातार गिरावट, एकैदिन २ हजार ४०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम बिहीबार पनि जारी रहेको छ । हिजो (बुधबार) झैँ आज पनि सुनको भाउ ओरालो लाग्ने क्रममा छापावाल सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।