SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

मेची राजमार्गको माइखोला खण्डमा सडक भासियो, चार जिल्लाको आवागमन ठप्प

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ स्थित माइखोला (राजदुवाली) खण्डमा सडकको ठुलो हिस्सा भासिएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ । निरन्तरको वर्षा, कमजोर भूबनोट तथा जमिनभित्रको आन्तरिक समस्याका कारण सडक भासिएर बगेपछि पूर्वी पहाडी जिल्लाहरूको लाइफलाइन मानिने यो राजमार्ग अवरुद्ध भएको हो ।