महासचिवका उम्मेदवार पुण्यराम लगेजुले अघि सारे सुशासन, पारदर्शिता र व्यवसायी हितका एजेन्डा
काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट पुण्यराम लगेजु महासचिव पदका उम्मेदवार बनेका छन्। परिषद्को हालका सचिव रहेका लगेजुले यसअघि कोषाध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गरिसकेका छन्। परिषद्मा विभिन्न जिम्मेवारी सम्हाल्दै आर्जन गरेको अनुभवलाई संस्थाको थप सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धतासहित उनले महासचिव पदमा उम्मेदवारी दिएका हुन्।
