SHARE
कालिका खबर · बिहीबार २५ असार २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

उपाध्यक्ष श्रीकृष्ण थपलिया पुनः उपाध्यक्ष पदमा, “अनुभव र नेतृत्वलाई ठमेलको विकासमा समर्पित गर्छु”

काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट श्रीकृष्ण थपलिया उपाध्यक्ष पदका उम्मेदवार बनेका छन्। परिषद्का हालका उपाध्यक्ष रहेका थपलियाले यसअघि कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सफलतापूर्वक सम्हालिसकेका छन्। संस्थागत नेतृत्व र व्यवस्थापनमा हासिल गरेको अनुभवलाई निरन्तरता दिँदै परिषद्लाई अझ प्रभावकारी र व्यवसायीमैत्री संस्था बनाउने उद्देश्यसहित उनले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। लामो समयदेखि ठमेलको पर्यटन तथा व्यवसायिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएका थपलियाले परिषद्मार्फत व्यवसायीका हकहितको संरक्षण, पर्यटन प्रवर्द्धन र ठमेलको समग्र विकासका लागि निरन्तर काम गर्दै आएको बताए।