SHARE
कालिका खबर · बिहीबार २५ असार २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

१८ वर्षको अनुभवसहित द्वितीय उपाध्यक्ष पदमा प्रकाश श्रेष्ठ

काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट प्रकाश श्रेष्ठ द्वितीय उपाध्यक्ष (2nd Vice President) पदका उम्मेदवार बनेका छन्।  श्रेष्ठ विगत १८ वर्षदेखि  पर्यटन  व्यवसायमा सक्रिय रहँदै आएका छन्। लामो व्यवसायिक अनुभवलाई परिषद्को संस्थागत विकास, व्यवसायीको हित र ठमेलको पर्यटन प्रवर्द्धनमा उपयोग गर्ने उद्देश्यसहित उनले उम्मेदवारी दिएका हुन्। पर्यटन व्यवसायका अवसर र चुनौतीलाई नजिकबाट बुझेका श्रेष्ठले ठमेललाई सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रियस्तरमा अझ प्रतिस्पर्धी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न परिषद्ले योजनाबद्ध रूपमा काम गर्नुपर्ने बताए।