SHARE
कालिका खबर · बिहीबार २५ असार २०८३ ०३:४१ AM · 1 मिनेट पढाइ

‘व्यवसायीको हित र ठमेलको समृद्धि हाम्रो प्राथमिकता’ : प्रश्रय राजभण्डारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारीले आफ्नो व्यवसायिक प्यानल औपचारिक रूपमा घोषणा गरेका छन्। ठमेल क्षेत्रको पर्यटन, व्यवसाय तथा समग्र विकासलाई केन्द्रमा राख्दै अनुभवी, सक्षम र व्यवसायमै सक्रिय व्यक्तिहरूलाई समेटेर प्यानल घोषणा गरिएको जनाइएको छ। प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारीले परिषद्लाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले ठमेललाई दक्षिण एशियाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न परिषद्ले निजी क्षेत्र, स्थानीय सरकार तथा सरोकारवाला निकायसँग समन्वय गर्दै काम गर्नुपर्ने आवश्यकता औँल्याए।