हालका कोषाध्यक्ष प्रकाश थपलिया सचिव पदको दौडमा, अनुभवलाई संस्थागत सुधारमा प्रयोग गर्ने प्रतिबद्धता
काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारीको व्यवसायिक प्यानलबाट हालका कोषाध्यक्ष प्रकाश थपलिया सचिव पदका उम्मेदवार बनेका छन्। परिषद्को वर्तमान कार्यसमितिमा कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका थपलियाले आफ्नो अनुभवलाई संस्थाको थप प्रभावकारी व्यवस्थापन र व्यवसायीको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्यटन तथा व्यवसायिक गतिविधिको केन्द्रका रूपमा रहेको ठमेलको समग्र विकासका लागि संस्थागत सुशासन, पारदर्शिता र व्यवसायीमैत्री नीतिलाई प्राथमिकतामा राख्दै आफू सचिव पदमा उम्मेदवारी दिएको थपलियाले बताए।
