SHARE
कालिका खबर · बिहीबार २५ असार २०८३ ०३:५५ AM · 1 मिनेट पढाइ

रोशन अधिकारीले अघि सारे पारदर्शी र उत्तरदायी आर्थिक व्यवस्थापनको एजेन्डा

काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट रोशन अधिकारी कोषाध्यक्ष पदका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। परिषद्को आर्थिक व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउने लक्ष्यसहित उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। रोशन अधिकारीले परिषद्को प्रत्येक आर्थिक गतिविधिलाई विधिसम्मत, पारदर्शी र सदस्य व्यवसायीप्रति जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। परिषद्को आम्दानी–खर्चलाई आधुनिक प्रणालीमार्फत व्यवस्थित गर्दै सदस्यहरूलाई समयमै आर्थिक विवरण उपलब्ध गराउने, संस्थाको वित्तीय अनुशासनलाई अझ सुदृढ बनाउने तथा परिषद्को स्रोत–साधनको प्रभावकारी परिचालनमा विशेष जोड दिने उनले बताए।