SHARE
कालिका खबर · बिहीबार २५ असार २०८३ ०४:०९ AM · 1 मिनेट पढाइ

१५ वर्षको अनुभवसहित सदस्य पदमा कमल अर्याल, “व्यवसायीको आवाज परिषद्सम्म पुर्‍याउँछु”

काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट कमल अर्याल सदस्य पदका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। ठमेल क्षेत्रमा करिब १५ वर्षदेखि व्यवसायिक तथा पर्यटन क्षेत्रसँग आबद्ध अर्यालले आफ्नो अनुभवलाई परिषद्को संस्थागत विकास र व्यवसायीको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ठमेलको पर्यटन व्यवसाय, होटल तथा आतिथ्य क्षेत्रका चुनौती र सम्भावनालाई नजिकबाट बुझेका अर्यालले परिषद्लाई अझ सक्रिय, व्यवसायीमैत्री र परिणाममुखी संस्था बनाउन आफूले प्रभावकारी भूमिका खेल्ने बताए।