SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०३:४३ AM · 1 मिनेट पढाइ

आईपीओ जारी गर्दै ईस्ट सोलार कम्पनी

सौर्य ऊर्जा क्षेत्रमा कार्यरत ईस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको तयारीस्वरूप बुधबार नेश्नल क्यापिटल नेपालसँग निष्कासन तथा बिक्री प्रबन्धक (इश्यु म्यानेजर) नियुक्तिसम्बन्धी सम्झौता गरेको हो ।