SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

सुरक्षा निकायका कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

लैनचौरस्थित राष्ट्रिय किताबखाना (प्रहरी)ले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र राष्ट्रिय सतर्कता केन्द्रका प्रहरीतर्फका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । किताबखानाका अनुसार आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण ६० दिनभित्र बुझाउन निर्देशन दिएको हो ।