नयाँ शक्तिको उदय असन्तोषको परिणाम हो, टिक्दैन : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक सामाजिक असन्तोषको परिणाम भएको बताएका छन् । उनले नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको भए पनि लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा बनेका शक्तिहरू दीर्घकाल टिक्न नसक्ने दाबी गरेका छन् ।
