SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०३:०८ AM · 1 मिनेट पढाइ

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी जिल्ला तानिए

कैलालीको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिबारे स्पष्टिकरण लिन जिल्ला प्रहरी कार्यालय तानिएको छ। घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागूऔषध सचेतना कार्यक्रममा उनले ‘हामी बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनीसँग सोधपुछ गर्न जिल्ला प्रहरीले बोलाएको हो।