प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन ‘२०८१–०८२ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, मन्त्री गौतमले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१–०८२ पेस गर्नेछिन् ।
