वैदेशिक रोजगारीमा नेपालीको पहिलो औसत मासिक आम्दानी ५४ हजार, सबैभन्दा धेरै मलेसियामा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।
