SHARE
पर्दाफास · बिहीबार २५ असार २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप : आजदेखि क्वाटरफाइनल खेल हुँदै, सेमिफाइनल पुग्न मोरक्को र फ्रान्स भिड्दै

फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदैछन् । क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो क्वाटरफाइनलमा आज राति पौने २ बजे फ्रान्स र मोरक्को खेल्नेछन् । यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा खेलेका थिए ।