SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ०४:३७ PM · 1 मिनेट पढाइ

२५ लाख धरौटीबिना कन्सल्टेन्सी खोल्न नपाइने

सरकारले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेज तथा शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थामाथि नियमन गर्ने भएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले विदेशी सम्बन्धनका कलेज र शैक्षिक कन्सल्टेन्सी सञ्चालनसम्बन्धी नयाँ नियमावली पारित गर्दै धरौटी, नवीकरण र सञ्चालनका मापदण्ड थप कडा बनाएको हो।