SHARE
मकालु खबर · बुधबार २४ असार २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका लागि गठित समितिले सभामुखसमक्ष बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिइएको छ । सङ्घीय संसद् सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई जानकारी गराइएको थियो ।