SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ०२:५८ PM · 1 मिनेट पढाइ

एकताका लागि काँग्रेस खड्का समूहको शर्त, पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने

नेपाली काँग्रेसको संस्थापन इतर पक्षका नेताहरुले पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । बुधवार चुनदेवीस्थित सम्पर्क कार्यालयमा सम्पन्न बैठकमा नेताहरुले यस्तो धारणा राखेको नेता मीन विश्वकर्माले जानकारी दिए । उनकाअनुसार नेताहरुले गगन थापा संयोजक रहँदा अद्यावधिक भएको पार्टी सदस्यताको विवरणलाई मान्यता दिएको खण्डमा एकता गर्ने नभए विकल्प खोज्नुपर्ने समेत नेताहरुको तर्क छ ।