‘छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता’ सम्पन्न
निराज रानाभाट, धादिङ । धादिङ जिल्लाको नेत्रावती डबजोङ्ग गाउँपालिका -१, मार्पाकस्थित श्री निरञ्जना माध्यमिक विद्यालयमा ‘ छैटौं नेत्रावती डबजोङ्ग गाउँपालिका स्तरीय हस्तलेखन प्रतियोगिता – २०८३ तथा छात्रवृत्ति वितरण कार्यक्रम ’ भव्य रूपमा सम्पन्न भएको छ । हस्तलेखन प्रतियोगितामा नेत्रावती डबजोङ्ग गाउँपालिकाभित्रका विभिन्न विद्यालयका कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
