SHARE
कालिका खबर · बुधबार २४ असार २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका तत्कालीन अध्यक्ष राजेन्द्र मल्लले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय स्थायित्व कायम राख्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने सकारात्मक प्रयास गरेको बताएका छन्। मौद्रिक नीतिप्रति प्रतिक्रिया दिँदै मल्लले नीतिले बजारमा विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने केही सकारात्मक व्यवस्था समेटेको उल्लेख गरे। तर निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय गर्ने लागत (Cost of Doing Business) घटाउने, कर्जाको ब्याज तथा समग्र वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा प्रभावकारी रूपमा कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।