SHARE
कालिका खबर · बुधबार २४ असार २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

बेन्टलेको पहिलो विद्युतीय एसयूभी ‘टोर्काल’ सार्वजनिक हुने तयारी

काठमाडौँ। विश्वप्रसिद्ध विलासी कार निर्माता बेन्टलेले आफ्नो इतिहासकै पहिलो पूर्ण विद्युतीय (ईभी) कारको नाम र बाहिरी डिजाइनको प्रारम्भिक झलक सार्वजनिक गरेको छ। कम्पनीले नयाँ विद्युतीय एसयूभीको नाम ‘बेन्टले टोर्काल’ राखेको जनाएको छ। यो मोडल सार्वजनिक भएपछि कम्पनीको उत्पादन सूचीमा कन्टिनेन्टल जीटी, फ्लाइङ स्पर र बेन्टाएगापछि चौथो प्रमुख मोडलका रूपमा थपिनेछ। ‘टोर्काल’ नाम स्पेनको सिएरा डेल टोर्काल पर्वत शृङ्खलामा रहेको ‘एल टोर्काल डे एन्टक्वेरा’ प्राकृतिक आरक्षबाट प्रेरित भएर राखिएको कम्पनीले जनाएको छ। कम्पनीले सार्वजनिक गरेको टिजर तस्वीरअनुसार बेन्टलेको पहिलो विद्युतीय कार एसयूभी स्वरूपमा आउनेछ।