विश्वस्तरीय पुरस्कार विजेता प्रोटोन ई.मास ५ छिट्टै नेपालमा, आधुनिक प्रविधिसहितको कम्प्याक्ट विद्युतीय एसयूभी सार्वजनिक हुँदै
काठमाडौँ। जगदम्बा मोटर्सले प्रोटोनको नयाँ पूर्ण रूपमा विद्युतीय कम्प्याक्ट एसयूभी ई.मास ५ छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरले सुसज्जित यो विद्युतीय एसयूभीले नेपाली ग्राहकलाई सुरक्षित, सहज र उत्कृष्ट सवारी अनुभव प्रदान गर्नेछ। बदलिँदो जीवनशैली र आधुनिक चालकको आवश्यकतालाई मध्यनजर गर्दै ई.मास ५ विकास गरिएको कम्पनीले जनाएको छ। प्रोटोन ई.मास ५ विश्वका अग्रणी अटोमोबाइल समूहमध्ये एक तथा विद्युतीय सवारी प्रविधिमा अग्रणी जिलीसँगको रणनीतिक सहकार्यमा विकास गरिएको हो।
