SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

विदेशी सम्बन्धनका कलेजमा कडाइ, नयाँ नियमावली स्वीकृत

काठमाडौं । सरकारले नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र प्रभावकारी नियमनका लागि विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली पारित गरेको हो ।