गोरखाको पालुङ्टार नगरपालिकाका ४ हजार ५८२ विद्यार्थीहरु सामूहिक दुर्घटना बीमाको दायरामा
गोरखा । गोरखाको पालुङटार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५ सय ८२ जना विद्यार्थीहरुलाई सामूहिक दुर्घटना बीमाको दायरामा ल्याउने उद्देश्यले पालुङ्टार नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । नगरपालिकाको कार्यालयमा सम्पन्न सम्झौतामा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी. ले नगरपालिकाको तर्फबाट तथा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिले कम्पनीको तर्फबाट हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत सबै ४ हजार ५ सय ८२ जना विद्यार्थीहरुको १ वर्षका लागि सामूहिक दुर्घटना बीमा गरिने छ ।
