SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

बालेन्द्र शाहलाई हटाउने भनेर रास्वपा विधानको गलत व्याख्या भयो : गणेश पराजुली

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेतालाई हटाउने पार्टी संसदीय दलको विधानमा राखिएको प्रावधानलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई हटाउने भनी गलत नियतका साथ अपव्याख्या गरिएको दाबी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।