SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । विशेष अदालतले बुधबार उक्त म्याद थप गर्ने आदेश दिएको हो । पौडेललाई गत साउन ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । त्यसपछि अनुसन्धानका लागि अदालतले पटक–पटक म्याद थप गर्दै आएको छ ।