SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

गोविन्द कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई मुख्य सचिवमा नियुक्त गरिएको हो।