SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ १०:१८ AM · 1 मिनेट पढाइ

चार वर्ष बित्यो, नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थानकक्ष र धावनमार्ग सबै तयारी अवस्थामा छन्, तर यात्रुहरूको भिड छैन । कहिलेकाहीँ चार्टर उडान आउँछ, केही यात्रु ओर्लिन्छन्, र फेरि तिनै उक्त विमानमा चढेर फर्किन्छन् अनि फेरि विमानस्थल पहिलेकै सन्नाटामा फर्किन्छ ।