SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

खानेपानी आयोजनाको बजेट निकासा झन्झटिलो, ६४ टेबल घुम्दा भुक्तानीमा ढिलाइ

आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का निर्देशक रामकुमार श्रेष्ठले काठमाडौँ उपत्यकाको खानेपानी वितरण र पूर्वाधार निर्माणमा बजेट निकासाको प्रक्रिया धेरै झन्झटिलो रहेको बताएका छन् । बुधवार संसदको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै निर्देशक श्रेष्ठले बजेट प्राप्तिका लागि एउटा फाइल ६४ वटा टेबलमा घुम्नुपर्ने बाध्यात्मक अवस्था रहेको खुलासा गरेका हुन् ।