SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

ठूला विद्युतीय सवारी किन्न बैंक ऋण अझ सहज, राष्ट्र बैंकले बढायो कर्जा-मूल्य अनुपात

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय (इलेक्ट्रिक) सवारीसाधन किन्न ऋण लिन अझ सहज बनाउने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले ठूला विद्युतीय सवारीसाधनका लागि कर्जा–मूल्य अनुपात (Loan to Value Ratio) बढाउने व्यवस्था गरेको हो । हाल विद्युतीय सवारीसाधन किन्दा सवारीको कुल मूल्यको ६० प्रतिशतसम्म मात्रै बैंकबाट ऋण पाइन्छ ।