नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो
काठमाडौं । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गर्नुभएको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।
