सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइयो
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन संघीय संसद सचिवालयलाई निर्देशन दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्न सुरु गर्दै सांसद राईले‘सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न’ भन्ने अभिव्यक्ति प्रयोग गरेका थिए ।
