मेलम्चीको पानी स्थानीयले नपाए आपूर्ति ठप्प पार्ने सांसद पाण्डेको चेतावनी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमाडौंतर्फको पानी आपूर्ति नै रोक्न बाध्य हुने चेतावनी दिएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले ड्याम रहेको गोकर्णेश्वरका स्थानीय बासिन्दा नै खानेपानीबाट वञ्चित हुनु विडम्बनापूर्ण भएको बताए ।
