SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

स्वच्छ खानेपानी सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको १५ दिने अल्टिमेटम

काठमाडौं । संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालय तथा निकायलाई आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजना र समयसीमासहितको विवरण पेश गर्न निर्देशन दिएको हो ।