SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

दृष्टिविहीनलाई सडकबाट हटाउने होइन, रोजगारी दिनुहोस् : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले दृष्टिविहीन नागरिकलाई तत्काल रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सडकपेटीमा बसेर गुजारा गर्दै आएका दृष्टिविहीन नागरिकलाई हटाउने मात्र होइन, उनीहरूको जीविकोपार्जनको विकल्प सुनिश्चित गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन् ।