कुमारी बैंक र डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन बीच रणनीतिक साझेदारी
काठमाडौं । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकासमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसंग रणनीतिक परियोजना सम्झौता गरेको छ ।
