SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

१५ दिनभित्र खानेपानी आपूर्तिको स्पष्ट कार्ययोजना पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संघीय संसद्को पूर्वाधार विकास समितिले मुलुकभरका नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई १५ दिनभित्र स्पष्ट कार्ययोजनासहितको विवरण पेश गर्न निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले खानेपानी तथा पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालय र निकायलाई कार्ययोजना, समयसीमा र कार्यान्वयनको अवस्थासहितको विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन् ।