SHARE
पर्दाफास · बुधबार २४ असार २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

सुनसरीमा चाइनिज पेस्तोल र गोलीसहित दुई जना पक्राउ

सुनसरीको गढी गाउँपालिका–१ मदेली झण्डा चोकबाट प्रहरीले चाइनिज पेस्तोल र तीन राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । असार २४ गते राति करिब १ः२० बजे अस्थायी प्रहरी चौकी चाँदबेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई रोकेर चेकजाँच गरेको थियो ।