SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

जग्गा विवादमा चक्कु प्रहार गर्दा रौतहटमा एकको मृत्यु, बुबाछोरा पक्राउ

रौतहट । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवाद उग्र बन्दा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईशनाथ नगरपालिका–१ बन्जरहाका ६० वर्षीय वुटन साह रहेका छन् । उनी औरैयास्थित आफ्ना ८० वर्षीय ससुरा रामबहादुर साहको घरमा बस्दै आएका थिए ।