सभामुखसँग एमालेको माग : ‘प्रधानमन्त्रीलाई संसद्को रोष्ट्रममा उभ्याउन रुलिङ गरियोस्’
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आफूले बोल्दै गर्दा आवेगमा आएर माइक काटेको भन्दै गुनासो गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राईले सभामुखज्यूले कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने अभिव्यक्ति दिन सुरु गरेपछि सभामुख अर्यालले उनको माइक बन्द गरिदिएका थिए ।
