SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

२५ जनाको ज्यान लिएको ध्रुवे हात्तीको काटिँदै छ दाह्रा

चितवन । २५ जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो । सो हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने तयारी गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।