महिला–बालबालिका मन्त्रालय आउने अशक्तलाई अब ह्वीलचेयर सेवा
काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न आज बुधबारदेखि ह्वीलचेयर सेवा सञ्चालनमा ल्याएको छ । शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका, अपांगता भएका, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयको सम्पूर्ण परिसरमा ह्वीलचेयर सेवा उपलब्ध गराइएको हो ।
