SHARE
लोक पथ · बुधबार २४ असार २०८३ ०४:३२ AM · 1 मिनेट पढाइ

घुस रकमसहित सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख यादव अख्तियारको नियन्त्रणमा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले अधिकृत आठौँ तहका यादवलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।