SHARE
कालिका खबर · बुधबार २४ असार २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

रौतहटमा चक्कु प्रहारबाट एकजनाको मृत्यु

काठमाडौं : रौतहटमा जग्गा विवादलाई लिएर झगडा हुँदा एकजनाको मृत्यु भएको छ । जग्गाको साँधलाई लिएर चक्कु प्रहार हुँदा ६० वर्षीय वुटन साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  मंगलबार बेलुका जिल्लाको इसनाथ नगरपालिका–३ औरैयामा रामबहादुर साह, उनकी छोरी ज्वाईं वुटन साह र रामाऔतार साह तथा उनका छोरा राम महेश्वर साहबीच जग्गाको विषयमा झगडा भएको थियो । कुटपिटका क्रममा राम महेश्वर साहले वुटन साहलाई  पिठ्युमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए । छुरा प्रहारबाट बुटनको ढाडमा गम्भीर घाउ लागेको थियो।